इरानमा १०३ जनाको मृत्युको विस्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लियो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

इरानमा १०३ जनाको मृत्युको विस्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लियो

एजेन्सी,२० पुस । इरानमा बुधबार भएको विस्फोटको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले लिएको छ । संगठनले केरमान सहरमा भएको आत्मघाती हमलामा आफ्ना दुई सदस्यले विष्फोट गराएको बताएको छ । आईएसले इन्टरनेट मिडिया साइट टेलिग्राममा यो जानकारी दिएको हो । यसअघि इरानी राष्ट्रपति इब्राहिम रायसीले केरमानमा भएको विष्फोटको लागि इजरायललाई जिम्मेवार ठहर गर्दै ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए ।

इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले पनि विस्फोटका लागि जिम्मेवार व्यक्तिले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्। बुधबार भएको विस्फोटमा १०३ जनाको ज्यान गएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए । राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै राईसीले इजरायली यहुदी सरकारले आफूले गरेको अपराधको सजाय पाउनु पर्नेमा कुनै दुविधामा नपर्नु, सजाय पक्कै दिइने र त्यो निकै कठोर हुने बताउनुभयो ।

बुधबार केरमान सहरस्थित रिभोलुसनरी गार्ड फोर्सका कमाण्डर कासिम सुलेमानीको समाधिस्थलमा उनको पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा विस्फोट भएको हो । यी विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । तर इरान सरकारले यसका लागि इजरायललाई जिम्मेवार ठहर गरेको छ । यसअघि डिसेम्बर २५ मा इजरायलले सिरियाको रिभोलुसनरी गार्डका ब्रिगेडियर जनरल मुसावीलाई हवाई आक्रमणमा मारेको थियो ।

इरान र इजरायलबीच शत्रुताको सम्बन्ध छ । सन् १९४८ मा बनेको इजरायललाई इरानले अहिलेसम्म मान्यता दिएको छैन । यसका साथै इजरायलविरुद्ध लड्ने चरमपन्थी संगठन हमासलाई सुरुदेखि नै यसले सबै प्रकारको सहयोग गर्दै आएको छ । अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणलाई इरानको समर्थन मानिन्छ। आक्रमणपछि इरानले हमासप्रति सहानुभूति प्रकट गर्दै बयान दिएको छ । जबकि अमेरिकाले विस्फोटको घटनाको लागि आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) लाई जिम्मेवार ठहराएको थियो।

आइएसले यसअघि २०२२ मा इरानमा शिया समुदायको धार्मिक स्थलमा आक्रमण गरेको थियो, जसमा १५ जनाको मृत्यु भएको थियो। सन् २०१७ मा इरानी संसद र अयातोल्लाह खोमेनीको चिहानमा विस्फोट गराएको आरोप पनि आतंकवादी संगठनमाथि लागेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);