सुरक्षाकर्मीहरू बाहिर,नौवस्ताको बाल सुधार गृहमा तनाव | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सुरक्षाकर्मीहरू बाहिर,नौवस्ताको बाल सुधार गृहमा तनाव

बाँके, १६ पुस । नौवस्ताको बाल सुधार गृह तनावग्रस्त बनेको छ । बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता बाल सुधार गृह तनावग्रस्त बनेको हो। आइतबार दिउँसो दुई समूहबीच झडप भएपछि सुधार गृहको माहोल तनावग्रस्त बनेको हो ।

झडपपछि एक समूहले नेपालगञ्जबाट ल्याइएका समूहलाई अन्यत्र सार्न माग गरिरहेको सुधारगृह प्रमुखले बताए। उनीहरूले भवनमा सामान्य तोडफोड गरेका छन्।

सुधारगृहको सुरक्षाका लागि प्रहरीको सईको नेतृत्वमा २५ जना नेपाल प्रहरी र ३० जना सशस्त्र प्रहरी खटिएका छन्। उनीहरू सबैलाई सुधार गृहमा रहेकाहरूले भित्र जान दिएका छैनन्।

सुधारगृहमा रहेका बालकहरूले त्यहाँको सुधार गृहको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई भित्र जान नदिएको र उनीहरू कम्पाउन्डमा आएर हो–हल्ला गरिरहेको जानकारी दिए। उक्त सुधार गृहमा अहिले ११६ जना बालबन्दी छन्।

भैरहवा भन्दा १३ जना राखेर सुरू गरिएको बालसुधार गृहमा जयेन्दु बालसुधार गृहबाट ६९ जना, हेटौंडाबाट १८ जना, वीरगञ्जबाट १५ जना, भैरहवाबाट १४ जना ल्याइएका छन्।

उनीहरू सबै १८ वर्षभन्दा माथिका हुन्। अधिकांश व्यक्तिहरू जबरजस्ती करणी र लागुऔषध र कर्तव्य ज्यान मुद्दामा सजाय पाएकाहरू छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);