आज ५ वटा संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

आज ५ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १६ पुस । आज एकै पटक ५ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज बिहान ११ बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिबाट भएको स्थलगत अनुगमन भ्रमणको समिक्षा सम्बन्धमा छलफल हुनेछ भने बिहान साढे ८ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा इपिएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटना सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्न्े पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० र सप्तरी भ्रमण कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका आन्तरिक कार्यप्रणालीका सम्बन्धमा छलफल हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);