त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्छः मन्त्री किराँती | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्छः मन्त्री किराँती

काठमाडौं, १३ पुस ||
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्री किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताउनुभएको हो । उहाँले आगामी १० वर्षभित्रमा यो विमानस्थलमा धेरै असहजता निम्तिने बताउनु भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बनाउँदापनि अब समयको माग अनुरुपको परिणाम दिन नसक्ने उहाँको भनाई छ । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको बताउनु भयो । उहाँले पोखरा, निजगढ, भैरहवा र काठमाडौंको विमानस्थललाई पीपीपी मोडलमा लानेगरी प्रक्रिया अगाडी बढाएको पनि बताउनु भयो । उहाँले अहिले विमानस्थलहरु घाम तापेर बस्नुपरेको बताउनु भयो । त्यस्तै दुर्गम क्षेत्रमा रहेका २२ वटा विमानस्थलहरु पनि गौरचणको रुपमा परिणत भएको उहाँले बताउनु भयो । मन्त्री किरातीले युरोपियन युनियनले नेपाललाई कालोसूचिमा राख्नका कारण १२ बुँदामा लेखेर पठाएको भन्दै सो बुँदा सच्याएमा कालोसूचिबाट हटाउने बताउनु भयो । उहाँले सो १२ बुँदा अनुरुप सच्याउनका लागि कार्यान्वयनको चरणमा अगाडी बढेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);