जनप्रतिनिधिहरुले भुकम्पपिडितहरुका लागी बासको व्यवस्था गर्नुपर्छ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

जनप्रतिनिधिहरुले भुकम्पपिडितहरुका लागी बासको व्यवस्था गर्नुपर्छ

शिखा श्रेष्ठ,८ जेठ धादिङ ।
स्थानिय तह निर्वाचनबाट र्निवाचित भएका जनप्रतिनिधिहरुले सबैभन्दा पहिले भुकम्पपिडितहरुका लागी बस्ने बासको व्यवस्था गर्नुपर्ने धादिङबेशी आसपासमा बस्दै आएका भुकम्पपिडितहरु बताउँछन् । धादिङबेशी आसपासमा

जनप्रतिनिधिहरुले भुकम्पपिडितहरुका लागी बासको व्यवस्था गर्नुपर्छ

शिखा श्रेष्ठ,८ जेठ धादिङ ।

स्थानिय तह निर्वाचनबाट र्निवाचित भएका जनप्रतिनिधिहरुले सबैभन्दा पहिले भुकम्पपिडितहरुका लागी बस्ने बासको व्यवस्था गर्नुपर्ने धादिङबेशी आसपासमा बस्दै आएका भुकम्पपिडितहरु बताउँछन् । धादिङबेशी आसपासमा बस्दै आएका उत्तरी धादिङका भुकम्पपिडितहरु आफ्नो गाउँपालिकाको प्रमुखपदमा निर्वाचित भएका जनप्रतिनिीहरुले अझैपनि टहरामा बस्दै आएका पिडितहरुलाई बस्ने बासको व्यवस्था गर्नुपर्ने बताउछन्् । २÷३ दिनको बाटो गएर भोट दिई जिताएका पिडितहरुले चुनाव आउँदा हात जोडेर आउँने तर चुनावमा जितेपछि जनताको अघि नआउने काम नगर्न पनि सुझाव दिएका छन् ।

 

भुकम्प गएको तीन वर्खा बित्न लाग्दा समेत अहिलेसम्म टहरामा नै बस्नुपरेको भन्दै अब गाउँमा नै स्थानिय सरकार आईसकेको भन्दै निर्वाचित जनप्रतिधीहरुले सर्वप्रथम भुकम्पपिडितहरुको लागी बस्ने ठाउको व्यवस्था गर्नुपर्ने बताएका छन् । चुनाव जितेपछि जनताको लागी काम गरेमा आगामी चुनावमा समेत अहिलेकै जनप्रतिनीधीलाई चुन्ने जानकारी दिन्छन् । दुई दशकपछि भएको स्थानिय तहको निर्वाचनबाट धादिङमा २ वटा नगरपालिका र ११ वटा गाउँपालिका गरी १३ वटा पालिकाबाट ५ सय ७४ जना जनप्रतिनीधीहरु चुनिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);