दोस्रो चरणको चुनावमा राजपा के गर्ला ? आज हुँदैछ फैसला | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दोस्रो चरणको चुनावमा राजपा के गर्ला ? आज हुँदैछ फैसला

दोश्रो चरणको चुनावमा भाग लिने नलिने बारे टुंगो लगाउन संघीय गठबन्धनको बैठक सोमबार बस्दैछ । दिउँसो १ बजेपछि बस्ने बैठकले जेठ ३१ गतेका लागि तोकिएको दोश्रो चरणको चुनावमा भाग लिने नलिने बारे टुंगो लगाउने राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले जानकारी दिनुभयो ।

दोस्रो चरणको चुनावमा राजपा के गर्ला ? आज हुँदैछ फैसला

काठमाडौं, जेठ ८ – दोश्रो चरणको चुनावमा भाग लिने नलिने बारे टुंगो लगाउन संघीय गठबन्धनको बैठक सोमबार बस्दैछ । दिउँसो १ बजेपछि बस्ने बैठकले जेठ ३१ गतेका लागि तोकिएको दोश्रो चरणको चुनावमा भाग लिने नलिने बारे टुंगो लगाउने राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले जानकारी दिनुभयो । 

अहिलेकै अवस्थामा चुनावमा भाग लिने अवस्था नरहेको भन्दै गठबन्धनका नेताहरुले आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्नेमा जोड दिंदै आएका छन् । तर संघीय समाजबादी फोरम र फोरम लोकतान्त्रिकले भने चुनावमा भाग लिने बताइसकेका छन् । 

नेकपा माओवादी केन्द्रको पनि अहिले हेडक्वाटरको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा चलिरहेको बैठकमा पहिलो चरणको मतपरिणामको समिक्षा र दोश्रो चरणको चुनावी रणनीतिबारे छलफल भइरहेको छ। 

यस्तै संविधान संशोधन लगायत पछिल्लो राजनीतिक अवस्थाबारे अरु दलहरुसँग भइरहेको छलफलबारे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिने नेताहरुले बताएका छन् । यस्तै सोमबार नै राप्रपाको कार्यसम्पादन समितिको बैठक पनि बस्दैछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);