ललितपुर, १३ पुस ||
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको छ । शुक्रवार ललतिपुरको बालकुमारीमा भएको बिरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिनुभएको छ । वीरेन्द्र साहको ठेगाना भने डोटी वा अछाम भन्ने स्पष्ट भइ नसकेको उहाँको भनाइ छ । आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।
बालकुमारी आन्दोलनका क्रममा प्रहरीको गोली लागि दुई जनाको मृत्यु
ताजा समाचार
महेन्द्र माेरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप
११ घन्टा अघि
सेयर बजारमा हरियाली,६ महिनापछि २८ सय विन्दुमाथि
१२ घन्टा अघि
झण्डै दोब्बरले वीरगञ्ज नाकाबाट निर्यात बढ्यो
१६ घन्टा अघि