सरकारको काममा मेरो हुटहुटी अनुसारको परिणाम आएको छैनः प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

सरकारको काममा मेरो हुटहुटी अनुसारको परिणाम आएको छैनः प्रधानमन्त्री दाहाल

काठमाडौं, पुस १० ||
प्रधानमन्त्री पुष्पकमल दाहालले विगत एक वर्षमा सरकारको कामले आफ्नो हुटहुटी अनुसारको परिणाम नआएको बताउनुभएको छ । मंगलवार सरकार गठनको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विगत एक वर्षमा सरकारको कामको परिणाम आफ्नो हुटहुटी अनुरुप हुन नसकेको स्वीकार गर्नुभएको हो । उहाँले सरकार असफल भने नभएको बताउनु भयो । उहाँले अबका दिनमा सरकारको कार्यशैली बदलिने बताउनु भयो । उहाँले आगामी दिनमा आफु पूर्व निर्धारित र अपरिहार्य बाहेकका कुनैपनि बाहिरि कार्यक्रममा नजाने बताउनु भयो । उहाँले बाहिर नगई नयाँ नीति, कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेको समस्या समाधान गर्न लाग्ने बताउनु भयो । प्रधानन्त्री दाहालले यहीँ साताभित्रमा प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);