शिक्षकलाई मोबाइल प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८२, मंगलबार

शिक्षकलाई मोबाइल प्रतिबन्ध

teacher

कालिकोट,९ माघ । जिल्लाको पचालझरना गाउँपालिकाको शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।शिक्षाको गुणस्तर वृद्धि गर्न शैक्षिक नीति बनाएको हो। गाउँपालिकाले शैक्षिक नीति सार्वजनिक गर्दै अभिभावकले आफ्नो आम्दानीको २० प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत लगानी गर्ने शिक्षा नीति सार्वजनिक गरेको छ।

गाउँपालिकाभित्रका सबै विद्यालयमा दरबन्दी पूर्ण गर्ने, छात्र–छात्रा शौचालयको व्यवस्था, कक्षा ८ सम्मको परीक्षा गाउँपालिका स्तरीय गर्ने, हरेक विद्यालयमा शैक्षिक क्रियाकलाप र अनिवार्यरूपमा शुक्रबारीय कार्यक्रम गर्ने शिक्षा नीति सार्वजनिक गरेको छ।कम्प्युटर र अंग्रेजी भाषा अनिवार्य, विद्यालयमा प्राधानाध्यापबाहेक अन्य शिक्षक शिक्षिकालाई विद्यालय अवधिमा मोबाइल फोन निषेध गर्ने नीति पनि सार्वजनिक गरेको छ।

विद्यालयमा ट्युसन बन्द गरी कोचिङ सञ्चालन गर्ने त्यसका लािग गाउँपालिकाले विद्यालयलाई वार्षिक ५० हजार रुपैयाँ उपलब्ध गराउने नीति लिएको गाउँपालिकाका अध्यक्ष खडेगराज सेजुवालले बताए।‘विद्यार्थीको मासिक हाजिरीका आधारमा विद्यालयले विद्यार्थीको घरमा पत्रचार गर्नुपर्नेछ।’ उनले भने, ‘गाउँपालिकाको शैक्षिक गुणस्तार बढाउन शिक्षा नीति नयाँ बनाउनु परेको हो।’ खबर आजको कारोबारमा छ ।