कानूनी प्रक्रियाको सामनाका लागि तयार रहन सञ्चारमाध्यमहरुलाई रास्वपाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

कानूनी प्रक्रियाको सामनाका लागि तयार रहन सञ्चारमाध्यमहरुलाई रास्वपाको चेतावनी

काठमाडौं,८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गरिएको विषयलाई लिएर आपत्ति जनाएको छ । पार्टीले आज एक विज्ञप्ती जारी गर्दै पोखराको अमरसिंह चोकमा आयोजित सभामा मन्तव्य दिँदै गर्दा लामिछानेलाई मकैको खोया प्रहार गरेको सन्दर्भलाई केही सञ्चारमाध्यमहरुले अत्यन्तै निकृष्ट रुपमा प्रचार गरेको आरोप लगाएको छ ।

पार्टी प्रवक्ता मुकुल ढकालद्धारा जारी विज्ञप्तीमा तथ्यहरुलाई पुरै वेवास्ता गर्दै असान्दर्भिक विषय जोडेर समाचार प्रवाह गरेको उल्लेख छ । “सार्वजनिक व्यक्ति भएकाले नेता विशेषको आलोचना वा तिनकाप्रति जनप्रतिक्रिया आउनु स्वभाविक हो । यद्यपि, पोखरामा के कति कारणले ती व्यक्तिले सभापति लामिछानेलाई प्रहार गरे भन्ने खुलेको छैन । यसबारे न प्रहरीले प्रहारकर्तालाई उधृत गर्दै सार्वजनिक जानकारी दिएको छ, न प्रहारकर्ताले नै कारण खुलाएका छन् । सभापति लामिछानेसँग त झनै सोधिएको छैन । आधिकारिक स्रोतले केही जानकारी नदिँदा–नदिँदै अनुमानका आधारमा सभापति लामिछानेको चरित्र हत्या गर्ने दुरासयका साथ प्रेषित गरिएका समाचारहरुप्रति खेद व्यक्त गर्दछौं ।”–विज्ञप्तीमा भनिएको छ ।

आधिकारिक स्रोतले केही जानकारी नदिँदा–नदिँदै अनुमानका आधारमा सभापति लामिछानेको चरित्र हत्या गर्ने दुरासयका साथ समाचार प्रेसित गरिएको भन्दै पार्टीले आपत्ति जनाएको छ । विज्ञप्तीमा लेखिएको छ,“भ्रमपूर्ण समाचार प्रेषित गर्नु स्वतन्त्र पत्रकारिताको मर्म विपरीत हो ।” हिजोका घटनालाई लिएर केही सञ्चारमाध्यमले भ्रमपूर्ण समाचार प्रेषित गरेर सभापति लामिछानेको चरित्रहत्यासँगै सिङ्गो पार्टीको उदीयमान छविलाई धुमिल बनाउने प्रयास पनि गरेका छन् ।”

विज्ञप्तीमार्फत शनिबार भएको घटनाबारेको समाचारबारे पार्टीले कानूनी प्रक्रियाको सामनाका लागि तयार रहन सम्बन्धित सबै सञ्चारमाध्यमलाई सचेत रहन पनि चुनौती दिएको छ । “हिजोको घटाना वा सन्दर्भमा लेखिएका कपोलकल्पित र भ्रमपूर्ण समाचारहरुको खण्डन गर्दै समाचारहरुमा उल्लेख गरिएका विवरण तथ्यसंगत पुष्टि गर्न अन्थया प्रचलित कानूनी प्रक्रियाको सामनाका लागि तयार रहन सम्बन्धित सबै सञ्चारमाध्यमलाई सचेत पनि गराउँछौं ।”–विज्ञप्तीमा लेखिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);