काठमाडौं, ६ पुस ||
नेपाली काँग्रेसको प्रथम वागमती प्रदेश सम्मेलन पुस ७ गते काठमाडौंमा हुने भएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस वागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली काँग्रेस वागमती प्रदेशको प्रदेश सम्मेलन पौष ७ गते शनिवार काठमाडौंमा हुने बताउनु भयो । उहाँले सम्मेलनको पार्टी केन्द्रिय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने बताउनु भयो । काँग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ ।




