एनसेलमा आफ्नो परिवारलाई जोड्नु लोकतन्त्र विरुद्धको हमला भएको प्रचण्डको भनाइ | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

एनसेलमा आफ्नो परिवारलाई जोड्नु लोकतन्त्र विरुद्धको हमला भएको प्रचण्डको भनाइ

काठमाडौं,४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको बताउनुभएको छ । उहाँले यसमा कहीँ न कहीँ गडबडी भएको शंका गर्नुभएको छ । एनसेलको सेयर खरिदबिक्रीबारे सोधपुछ गर्न राज्य व्यवस्था समितिले बोलाएको बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।

आफू जलवायु सम्मेलनको क्रममा दुबईमा भएको बेला ऐनसेलको शेयर खरिदबिक्री भएको भन्नेबारे सुनेको र स्वदेश फर्किनासाथ सञ्चार मन्त्रालय र नियामक निकायलाई निर्देशन जारी गरेको उहाँको भनाइ छ । यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेरै छानबिन समिति बनाएको प्रधानमन्त्री प्रचण्डले तर्क गर्नुभयो । छानबिनबाट देखिएका निष्कर्षका आधारमा सरकारले हदैसम्मको कारबाही गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । प्रतिवेदन प्राप्त भएपछि सरकारले नियमन, विदेशी लगानी र विदेशी मुद्रा सटही तथा करको विषयमा आवश्यक कदम चाल्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उहाँले छानबिन समिति कुनै पनि निकायलाई ओभरल्याप गर्नका लागि गठन नगरिएको स्पष्ट पार्नुभयो ।

एनसेलबारे अध्ययन गर्न सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ । एनसेलमा ८० प्रतिशत हिस्सा शेयर ओगट्ने रेनोल्ड होल्डिङ्स नामक सेन्ट किट्समा दर्ता भएको कम्पनीको स्वामित्व हालै मलेसियाको आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई बेचेको घोषणा गरेको थियो । कम्पनी खरिद बिक्रीको निर्णय सार्वजनिक भएपछि यो कारोबार आकस्मिक र अविश्वसनीय रहेको भन्दै प्रश्न उठेको छ । सत्ता गठबन्धन र विपक्षी दलका कतिपय नेताहरुले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा उच्च राजनीतिक नेतृत्वको मिलेमतो हुनसक्ने आशंका गर्दै सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);