धार्मिक अतिवाद र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको प्रचण्डको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

धार्मिक अतिवाद र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको प्रचण्डको टिप्पणी

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा धार्मिक अतिवाद र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको बताउनुभएको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशाल खड्काको पर्यावरणीय संकट आठ अर्ब मानिसको साझा चुनौति पुस्तक लोकर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजमा धार्मिक अतिवाद र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको बताउनुभएको हो ।

उहाँले अहिले एकथरी मानिसहरु जातिय रुपले साम्प्रदायिकता फैल्याउने, धार्मिक रुपले पनि धार्मिक अतिवाद र त्यसबाट कहिँ न कहिँ असहिष्णुता र भएको सामाजिक सद्भाव खलल गर्ने प्रयासमा लागेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले कोप २८ मा नेपाल योद्धाको रुपमा प्रश्तुत हुने भन्दै ठूला शक्ति राष्ट्रले निम्त्याएको पर्यावरणिय जोखिमको मार भुगोलको हिसावले साना र जनसंख्याको हिसावले अति कम विकसित र विकासोन्मुख मुलुकले व्यहोर्नुपरिरहेको बताउनु भयो ।

त्यसैगरी शनिवार नै बालुवाटारमै खुशीराम पाख्रिनको छैटौं स्मृति दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महशुस गरेको बताउनुभयो । उहाँले भारतमा संगठन हुनुको कारणले नै भूमिगत रुपबाट धेरै सहयोग प्राप्त गरेको स्पष्ट गर्नुभयो । उहाँले कार्यकर्तादेखि लड्ने योद्धाहरुसमेत भारतबाट पाएको खुलासा गर्नु भयो ।

उहाले पाख्रिनको स्मृति ग्रन्थले भावि पुस्तालाई उहाँको योगदानको बारेमा बुझाउने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);