अर्थतन्त्र ध्वस्त,तस्करी बढेको बढ्यै,सरकारले अराजकतालाई समेत नियन्त्रण गर्न सकेन : ओली | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८१, बिहीबार

अर्थतन्त्र ध्वस्त,तस्करी बढेको बढ्यै,सरकारले अराजकतालाई समेत नियन्त्रण गर्न सकेन : ओली

काठमाडौं, १० मंसिर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा विद्यमान अराजकतालाई प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीले अराजकतालाई नियन्त्रण नगर्ने, गुण्डागर्दीलाई आममाफी दिने, अर्थतन्त्र ध्वस्त बनाउने, तस्करीलाई बढावा दिने लगायतका कुशासनको पक्षमा सरकारले गरेको कामको चर्चा गरी साध्य नभएको जिकिर समेत गर्नुभयो । नेपाल संवत ११४४ को अवसर पारेर शनिबार काठमाडौंको वसन्तुपर डबलीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले गल्ती गर्दैमा गणतन्त्र र लोकतन्त्र खराव भन्ने हुनै नसक्ने तर्क गर्नुभयो । गल्ती गर्नेहरु खराव भएपनि लोकतन्त्र र गणतन्त्र खराब हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको रक्षाका लागि आफूहरुले जस्तासुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले राम्रो काम गर्न सकेको छैन । राजनीति अस्थिर बनाएको छ । राजनीति अराजक बनाएको छ । अराजकतालाई नियन्त्रण गर्ने होइन, प्रोत्साहित गरिराखेको छ । समाजमा सुशासन छैन । गुण्डाहरुलाई कारबाही गर्ने, गिरफ्तार गर्ने होइन । गुण्डालाई प्रहरीले गिरफ्तार ग¥यो भने सरकारले छोडन लगाउँछ, राष्ट्रपतिले माफी दिन्छन् गुण्डाहरु छानीछानी । यो सुशासन भएन । अर्थतन्त्र ध्वस्त बनाएको छ । तस्करी बढेको बढ्यै छ । ३५ क्वीन्टल सुन त अस्तीनै आएको हामीले देख्यौं । जसमध्ये १ क्विन्टल पक्राउ प¥यो । अहिले ६० केजीमा झरेको छ । साँढे नौं केजी सुन पक्राउ प¥यो । अहिले त्यो २ केजी मात्रै छ । यो कुशासनको चर्चा गरी साध्यै छैन । तर यसको अर्थ लोकतन्त्र खराव भन्ने हुन सक्दैन । गणतन्त्र खराव भन्ने हुन सक्दैन । यसको अर्थ जसले गल्ती गरेको छ, त्यो खराब होला । त्यसबाट हामी ढुंगे युगतिर फर्कन सक्दैनौं ।’

अध्यक्ष ओलीले जातको नाममा मुलुकमा द्वन्द्व भड्काउने प्रयास भईरहेको दाबी गर्दै सचेत रहन पनि सबैमा आग्रह समेत गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);