शक्षा विधेयक ल्याउनलाई प्रसव पीडा भोग्नुपर्योः कानूनमन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

शक्षा विधेयक ल्याउनलाई प्रसव पीडा भोग्नुपर्योः कानूनमन्त्री गुरुङ

काठमाडौं, मंसिर २९ ||
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाललाई शैक्षिक केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) ले आयाजना गरेको दुइृ दिने अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई एजुकेसनल हब बनाउनसके र नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्नसके नेपालको स्तर माथि उठ्ने दाबी गर्नुभयो । उहाँले शिक्षा विधेयक ल्याउनलाई प्रसव पीडा भोग्नुपरेको बताउनु भयो । उहाँले शिक्षा विधेयक अहिले सबै सरोकारवाला निकायहरुसँग छलफल गरी संसदीय समितिमा रहेको बताउनु भयो । उहाँले छिटो ल्याउनुपर्ने शिक्षा विधेयक ल्याउन ढिलाइ भइरहेको पनि बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्याब्सनका अध्यक्ष डिके ढुंगानाले प्याब्सनको एकमात्रै ध्येय नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु रहेको बताउनु भयो । उहाँले सवा लाख विद्यार्थी विदेश जाने नभइ सवा लाख विद्यार्थी नेपाल भित्र्याउने ध्येय प्याब्सनको रहेको बताउनु भयो ।
अध्यक्ष ढुंगानाले निजी विद्यालयलाई पनि सरकारले नीतिमा सहजता र सरलता, कक्षा कोठा, भौतिक पूर्वाधार विकासका लागि चाहिने सहयोगमा सामुदायिक विद्यालयझैँ गरी अघि बढाउन कसरी सक्छ भन्ने बारेमा छलफल गर्ने बताउनु भयो ।

 

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);