९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा

global ime bank

काठमाडौं, २८ मंसिर । ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरुलाई सेवा पु¥याउने प्रमुख प्राथमिकता ग्लोवल आईएमई बैंकको रहेको बताउनुभएको छ ।

बिहीवार ग्लोवल आईएमई बैंकको १७ आंै वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले बैंकको ७७ जिल्लाहरुमा शाखा बिस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामिण क्षेत्रमा बैंकको पहुँच पु¥याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने बताउनु भयो । अध्यक्ष ढकालले ग्लोवल आईएमई बैंकले आर्थिक वर्ष २०७९/०८० मा ९ अर्ब २६ करोड ५५ लाख मुनाफा गरेको बताउनु भयो। उहाँले कुल मुनाफामा सरकारलाई तिरेको करपछिको मुनाफा भने बैंकले ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको बताउनु भयो ।

उहाँले बैंकले मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभाश वितरण गर्ने प्रश्ताव गरिएको बताउनु भयो । उहाँले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १ प्रतिशत बानेस शेयर वितरण प्रश्चात बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्ने उल्लेख गर्नुभयो । उहाँले गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब र कर्जा ३ खर्ब ७४ अर्ब रहेको दाबी गर्नुभयो । उहाँले गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । उहाँले बैंकले ३५५ वटा शाखा,राजश्व शाखा ६५ लगायत अन्य सबै गरी १ हजार ७२ वटा आउटलेटमार्फत सेवा प्रदान गर्दै आइरहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप ४ खर्ब ५६ अर्ब,कर्जा ३ खर्ब ७५ अर्ब पुगेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ आर्थिक वर्ष २०७९/०८०मा बैंकको मुनाफा ९ अर्ब २६ करोड ५५ लाख करपछिको मुनाफा ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको छ । बैंकले मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरिएको छ । आर्थिक वर्ष२०७९/०८०को नाफाबाट १ प्रतिशत बानेस शेयर वितरण प्रश्चात बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्नेछ । गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब कुल कर्जा ३ खर्ब ७४ अर्ब रहेको छ । गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भइ १७ अर्ब १० करोडका साथै खुदमुनाफामा ३५ प्रतिशतले वृद्धि भइ ६ अर्ब ६९ करोड ४४ लाख हासिल गर्न सफल भएको छ । ७७ जिल्लामा बैंकको शाखा सञ्चालनमा रहेको छ । बैंकले ३५५ वटा शाखा,राजश्व शाखा ६५ लगायत अन्य सबै गरी १ हजार ७२ वटा आउटलेट मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप ४ खर्ब ५६ अर्ब रहेको छ । कर्जा ३ खर्ब ७५ अर्ब पुगेको छ । यो अवधिमा बैंकले १ अर्ब २२ करोड बढी मुनाफा कमाएको छ । बैंकको पहुँचमा नपुगेका नागरिकहरुलाई बैंकिङ सेवा पु¥याउने आगामी कार्यदिशा रहेको छ । कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको छ ।’

उहाँले बैंकले पहिलो त्रैमासमा १ अर्ब २२ करोड बढी मुनाफा कमाएको बताउनु भयो । उहाँले कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);