ग्लोवल आइएमईले ल्यायो मेसिनबाटै सोझै नगद तथा चेक खातामा जम्मा गर्नसक्ने सुविधा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

ग्लोवल आइएमईले ल्यायो मेसिनबाटै सोझै नगद तथा चेक खातामा जम्मा गर्नसक्ने सुविधा

global ime bank

ग्लोवल आइएमई बैंक लिमिटेडले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्नसक्ने सेवाको शुभारम्भ गरेको छ। सोमवार एक कार्यक्रमका बीच काठमाडौंको कमलादीमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त नयाँ सेवाको शुभारम्भ गर्नुभएको हो ।

बैंकले आफ्ना ग्राहकहरुलाई नविनतम सेवा सुविधा दिने उद्देश्यका साथ बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न रकम तथा चेक र डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो । अब बैंकका ग्राहकहरूले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद र चेक जम्मा गरी ग्राहकको खातामा तुरुन्तै रकम जम्मा हुने बैंकले बताएको छ । उक्त सेवाको उद्घाटन गर्दै बैंकका अध्यक्ष ढकालले मेसिन जडानसँगै ग्लोवल आईएमई बैंकका ग्राहकलाई तत्काल सेवा दिने र बैंकमा हुने लाइन कम गर्न सहयोग पुग्ने बताउनु भयो ।

मेसिन सुरक्षाको हिसाव मजबुत रहेको बैंकको दाबी छ । ग्राहकहरुले मेसिनको माध्यमबाट ९५ हजारसम्म नगद जम्मा गर्नसक्ने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);