आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु भएपछि... | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु भएपछि…

भोजपुर,२७ मंसिर । आफ्नै छोराले कुटपिट गर्दा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावा बस्ने ४६ वर्षीया पबित्रा देवी राईको मृत्यु भएको छ ।

घरायसी बिवादका कारण उनकै छोरा २० वर्षीय सन्देश राईले मंसिर ९ गते कुटपिट गरेको र सोही कारण बिरामी भएकी पबित्राको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको हो ।

अभियुक्त सन्देशलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);