शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि प्रहार गर्ने षड्यन्त्र भयोः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि प्रहार गर्ने षड्यन्त्र भयोः प्रधानमन्त्री

काठमाडौं, २५ मंसिर ||
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले पहिला भएका भ्रष्टाचारका काण्ड भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार एनसेलमा ग¥यो भन्ने दुष्प्रचार गरेकोप्रति आपत्ति जनाउनुभएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुबईबाट फर्किंदै गर्दा आफूले ठूलो षड्यन्त्रको नमूना पाएको बताउनु भयो । उहाँले राष्ट्रको, जनताको, संविधान र लोकतन्त्रको हीतमा आफू अघि बढिरहेको बताउनु भयो । उहाँले दुष्प्रचार गर्नेहरुलाई सोही स्तरबाट प्रतिवाद गर्न पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री दाहालले शहीद, बेपत्ता योद्धाका परिवार लगायत पीडितहरुलाई आईतवार बालुवाटारमा भेट्दा एकथरीलाई पचाउन कठिन भइरहेको बताउनु भयो । उहाँले सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभयो । प्रधानमन्त्री दाहालले राम्रा काम दबाइदिने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादीहरु सल्बलाएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);