काठमाडौं, २४ मंसिर । आज काठमाडौं उपत्यकामा अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । उपत्यकाको आज बिहान पौने ६ बजेको रेकर्डअनुसार न्युनतम तापक्रम ६.२ डिग्री सेल्सियस रहेको छ । यसअघि न्युनतम ७.४ डिग्री सेल्सियससम्म पुगेको थियो ।
आज कोशी,गण्डकी र बाग्मतीमा बदली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी भेगका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।
नेपालमा यतिबेला पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
नयाँ प्रणाली आउने र देशभर प्रभाव पर्ने तत्काल सम्भावना नरहेको विभागले जनाएको छ ।