१४ किलो अबैध सुनसहित विमानस्थलबाट गोरखाका चन्द्र घले पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८१, बिहीबार

१४ किलो अबैध सुनसहित विमानस्थलबाट गोरखाका चन्द्र घले पक्राउ

काठमाडौं, २२ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई भन्सारले पक्राउ गरेको हो । भन्सार विभागका अनुसार उनी को हुन् र यो सुन कसको हो भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।

घलेले सुनको प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका थिए । उनीबाट बरामद भएको सुन आज जोखिने र त्यसको गुणस्तर परीक्षण गरिनेबताइएको छ । घलेको कल डिटेल र उनको सम्पर्कमा रहेका व्यक्तिहरुमाथि निगरानी भइरहेको छ । अन्य केही व्यक्ति पनि संलग्न हुनसक्ने भएकाले अनुसन्धान भइरहेको छ । घले बुधबारै फ्लाइ दुबईको फ्लाइटबाट नेपाल आउन लागेको जानकारी आएपछि बुधबारबाटै एयरपोर्टमा निगरानी भइरहेको थियो ।

बुधबार घले नआएपछि बिहीबारको फ्लाइटमा पनि कर्मचारीहरुले निगरानी गरेका थिए । विमान अवतरण भइसकेपछि अन्य यात्रु सरासर झरेर गइसकेपछि करिब अन्तिमतिर घले झरेका थिए । उनलाई झर्नेवित्तिकै भन्सारको टोलीले पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);