काठमाडौं,२८ मंसिर । १४ किलो सुन बरामद प्रकरणमा त्रिभुवन विमानस्थलकी सरसफाइ सुपरभाइजर पक्राउ परेकी छन् । अनुसन्धानका लागि विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई बुधबार राति पक्राउ गरेको हो ।
सोही प्रकरणमा अनुसन्धानका लागि छानबिन समितिले त्रिभुवन विमानस्थलका ३ कर्मचारीलाई पक्राउ गरिसकेको छ ।
गत २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले सुनसहित पक्राउ परेका थिए ।
सुन बोकेर आएका घलेले योजनाअनुसार अघि नबढ्दा सुन बरामद भएको अनुसन्धानबाट खुलेको छ ।
विमानबाट ओर्लदैमा पक्राउ परेका घलेले अध्यागमनको वाक्थु् गेटमा जानु अघि नै शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको अनुसन्धानबाट खुलेको थियो ।




