घाँटी थिची आफ्नै श्रीमानको हत्या गरी स्याउलाले छोपेर राखेपछि... | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

घाँटी थिची आफ्नै श्रीमानको हत्या गरी स्याउलाले छोपेर राखेपछि…

murder
उदयपुर,२० मंसिर । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ परेकी छिन् । श्रीमान ६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
श्याम गत शनिबार साँझदेखि हराई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा निर कुमारीले घरायसी बिवादको कारण श्यामको घाँटी थिची हत्या गरेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । साथै हत्या गरी घर नजिकै जंगलमा माटोले पुरि स्याउलाले छोपिएर राखेको अवस्थामा उनको शव फेला परेको   थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply