कृषि विकास बैंकले ३ अर्ब अनुदानसहितको कृषि कर्जा प्रवाह गर्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

कृषि विकास बैंकले ३ अर्ब अनुदानसहितको कृषि कर्जा प्रवाह गर्ने

काठमाडौं, ७ माघ । कृषि विकास बैंकले चालू आर्थिक वर्षमा ३ अर्ब अनुदानसहितको व्यवसायिक कृषि कर्जा प्रवाह गर्ने भएको छ । बैंकले ५१ औं वार्षिक उत्सवको अवसर पारेर आईतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा चालू आर्थिक वर्ष २०७४/०७५ भित्र ३ अर्ब अनुदानसहितको व्यवसायिक कृषि कर्जा प्रवाह गर्ने लक्ष्य लिएको जानकारी गराएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले उर्जा संकट समाधान हुने गरी जलविद्युत क्षेत्रलाई उच्च प्राथमिकता दिई लगानी गर्न सुरु गरिएको स्पष्ट पारे। उनले १ सय ८० मेघावाट उत्पादन क्षमता भएका ७ वटा जलविद्युत उत्पादन परियोजनामा झण्डै २ अर्ब ३२ करोड लगानी गर्ने प्रस्ताव स्विकृत गरिएको बताए ।

बैंकले हालसम्म २ अर्ब ५७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले हालसम्म ८ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरिरहेको छ भने १० लाख ९१ हजार निक्षेपकर्ताहरुको ९६ अर्ब ४८ करोड निक्षेप परिचालन गरेको छ । कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उत्पादनमूलक कृषि र व्यावसायिकता अभिवृद्धिमा लाग्न बैंकलाई आग्रह गरेका थिए ।

विगतमा सरकारले लिएको उदारीकरणको नीतिले मुलुकको अर्थव्यवस्था सुदृढ हुँदै गएको भन्दै उनले सरकारी नीतिलाई चुस्त ढंगबाट कार्यान्वयन गर्न यस्ता बैंक तथा वित्तीय संस्थाहरु लाग्नुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);