टिकटकबिरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

टिकटकबिरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई

काठमाडौं, १९ मंसिर । टिकटक बन्दबिरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदैछ । ४ वटा मुद्दाको आज एकै पटक पूर्ण सुनुवाई हुन लागेको हो ।

यसअघि गत मंसिर पाँच गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो ।

कार्तिक २७ मा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै टिकटकमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

Leave a Reply