टिकटक प्रतिवन्धबिरुद्धको रिटमा आज सुनुवाई नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

टिकटक प्रतिवन्धबिरुद्धको रिटमा आज सुनुवाई नहुने

काठमाडौं, ४ मंसिर । सरकारले टिकटकमाथि लगाएको प्रतिवन्धबिरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाई नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट आज न्यायाधीश कुमार चुडालको एकल इजलासमा तोकिएको थियो ।

तर उक्त रिट हेर्न नभ्याउनेमा परेको छ । सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको बुझिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाई हुने भनिएको थियो । टिकटक प्रतिवन्धबिरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);