सोमालियामा बाढी,१०० भन्दा बढिको मृत्यु, साढे ७ लाख घरबारविहीन | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

सोमालियामा बाढी,१०० भन्दा बढिको मृत्यु, साढे ७ लाख घरबारविहीन

एजेन्सी, १७ मंसिर । सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण १०० जना भन्दा बढिको मृत्यु भएको छ । बाढीबाट करिब ७ लाख ५० हजार मानिस घरबारविहीन भएको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले जनाएको छ ।

मुसलधारे वर्षाले नदीमा पानीको बहाव बढेपछि दक्षिण पश्चिम, गाल्मुडुग, पुन्टल्याण्ड, हर्साबेले र जुबाल्याण्डका साथै बानादिर क्षेत्रका अधिकांश मानिसहरू प्रत्यक्ष प्रभावित भएका छन् ।

संयुक्त राष्ट्रसंघ मानवीय एजेन्सीका अनुसार लाखौं सोमालीहरू भोकमरी र कुपोषणसँग लडिरहेका बेला प्राकृतिक विपत्तिले स्थिति झन् दर्दनाक बनाएको छ । पाँच वर्ष मुनिका १५ लाख भन्दा बढि बालबालिका कुपोषणको चरम पीडाको सामना गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);