पाराग्वेमा विमान दुर्घटना,सांसदसहित चार जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

पाराग्वेमा विमान दुर्घटना,सांसदसहित चार जनाको मृत्यु

एजेन्सी,१७ मंसिर । दक्षिण अमेरिकी देश पाराग्वेमा शनिबार एउटा विमान दुर्घटना भएको छ । दुर्घटनामा सांसदसहित चार जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले सो जानकारी दिएको हो ।

प्रहरीका अनुसार विमान अस्ुनसियनबाट करिब १८० किलोमिटर टाढा उडेको थियो । सत्तारुढ कोलोराडो पार्टीका सांसद वाल्टर हार्म्स र उनको टोलीका सदस्य विमानमा सवार थिए र दुर्घटनामा उनी र अन्य तीन जनाको मृत्यु भएको थियो ।

पाराग्वेका उपराष्ट्रपति पेड्रो एलियानाले घटनाप्रति दुःख व्यक्त गरेका छन् । “मैले मेरो सहकर्मी र साथी वाल्टर हार्म्सको निधनको दुखद समाचार प्राप्त गरेको छु,“ उनले सोशल मिडिया प्लेटफर्म एक्समा भने । उनले केही तस्विर पनि सेयर गरे, जसमा खेतमा जलिरहेको फोहोर देखिन्छ । प्रहरीका अनुसार विमान उड्ने क्रममा रुखमा ठोक्किएपछि जमिनमा खसेर आगो लागेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);