भन्सार छली गर्दै ल्याउन लागेको लाखौँको अबैध सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

भन्सार छली गर्दै ल्याउन लागेको लाखौँको अबैध सामान बरामद

महोत्तरी, १४ मंसिर ||

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रघुनाथपुर महोत्तरीबाट खटिएको टोलीले भन्सार छली गर्दै ल्याउन लागेको झण्डै ७ लाख मूल्य बराबरको अबैध सामान बरामद गरेको छ । महोत्तरीको सोनमा गाउँपालिक–३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म रघुनाथपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक महेश खरेलको कमाण्डमा खटिएको टोलीले भन्सार छलेर ल्याउँदै गरेको अन्दाजी ६ लाख ८२ हजार ७ सय मूल्य बराबरको लत्ताकपडा र हार्डवेयरका सामग्री बरामद गरेको हो । प्रहरीलाई देखेपछि तस्करहरुले सामान छोडेर भागेका थिए । बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सारमा पठाइएको प्रहरी नायव उपरीक्षक खरेलले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);