जुवातास खेल्ने ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८०, मंगलबार

जुवातास खेल्ने ५ जना पक्राउ

कास्की,१४ मंसिर । पोखरा महानगरपालिक-९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवा खेलाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार ३ सय ४० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply