एजेन्सी,१४ मंसिर । फ्रान्स सरकारले धुम्रपान बिरोधी नयाँ योजना ल्याएको छ । यस योजनाले देशमा धुम्रपान गर्नेहरूको संख्या घटाउने लक्ष्य राखेको छ । योजनाअनुसार धुम्रपान नगर्ने क्षेत्र थप हुनेछन् । फ्रान्सेली स्वास्थ्यमन्त्री ओरेलियन रुसोले सरकारले २०२४ को पहिलो त्रैमासिकमा विभिन्न योजना बढाउने बताउनु भयो ।
धुम्रपान गर्नेलाई कति जरिवाना लाग्ने हो भन्ने अझै खुलाइएको छैन । विशेष गरी युवाहरूलाई धुम्रपान गर्नबाट रोक्न र धुम्रपान गर्नेहरूलाई धुम्रपान छोड्न मद्दत गर्ने लक्ष्य राखेर यो योजना ल्याइएको हो । धुम्रपान नगर्ने क्षेत्र समुन्द्र तट, पार्क, बगैंचा, वन र विद्यालय वरपर रहेको छ ।
उनीहरुले नजिकै बालबालिका हुने भएकाले धुम्रपानको असरलाई हेरेर सरकारले गरेको निर्णय सही भएको बताए । फ्रान्समा धुम्रपानका कारण प्रतिवर्ष ७५ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । प्रतिदिन लगभग २ सयको हुने गरेको तथ्यांक छ ।