काठमाडौं, १३ मंसिर । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्न लागेको हो ।
बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुनेछ ।
नेपाली काँग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ ।