कोशीको विनियोजन विधेयकप्रति एमालेसँगै राप्रपाको पनि असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

कोशीको विनियोजन विधेयकप्रति एमालेसँगै राप्रपाको पनि असन्तुष्टि

काठमाडौं,१३ मंसिर । कोशी प्रदेशको विनियोजन विधेयकप्रति एमालेसँगै राप्रपाले पनि विरोध जनाएको छ । बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमा यसअघि समावेश भएका कार्यक्रम कटौती भएको र मनपरी रूपमा बजेट विनियोजन भएको भन्दै मंगलबार प्रदेशसभा बैठकमा नेकपा एमाले) र राप्रपाका सांसदले उठेर विरोध जनाएका छन् ।

प्रदेशसभाको बैठकको कारबाही सुरु हुनासाथ एमाले र राप्रपाका सांसदले उठेर सदनमा विरोध गरे । सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न समय दिएपछि एमाले संसदीय दलका उपनेता रामबहादुर मगरले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै मुख्यमन्त्रीले संसदमा गरेको प्रतिबद्धता र आफूहरुसँग भएको सहमतिविपरित बजेट आएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्रीको रबैयाको कारण बजेटलाई समर्थन गर्नसक्ने अवस्था नरहेको भन्दै मगरले सरकार नै संकटमा पर्ने चेतावनी समेत दिनुभयो । यसअघि सांसदले ल्याएका डेढ करोड बराबरको योजना समावेश गर्ने सहमति भए पनि ५० देखि ७५ करोडको मात्र समावेश गरेको भन्दै बजेटमा मतदान गर्ने अवस्थासम्म मुख्यमन्त्री गम्भीर नभए प्रदेश सरकार संकटमा पर्ने उहाँले स्पष्ट गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);