कञ्चनपुर भन्सार कार्यालयबिरुद्ध क्यारिङ्गकर्ता आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

कञ्चनपुर भन्सार कार्यालयबिरुद्ध क्यारिङ्गकर्ता आन्दोलित

पुष्कर भट्ट, कञ्चनपुर,मंसिर ११ । कञ्चनपुरको गड्डाचौकी भन्सार बेरियलमा साइकलमा मालसामान बोक्ने महिलाहरु आन्दोलित भएका छन । बनबासाबाट साइकलमा मालसमान बोकेर दैनिक गुजारा चलाउने महिलाहरु साइकलमा ल्याएको समानको भन्सार काटिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन ।

बिगत २० बर्ष देखी सिमावर्ती भारतीय बजार बनबासा देखी महेन्द्रनगरका साहुको समान साईकलमा जोखिम कष्टकरका साथ ओसार्दै आएका महिला क्यारिङ्गकर्ता भन्सार कार्यालय गडड्डाचौकीले भन्सार काटन् छाडेपछि उनीहरु आन्दोलित भएका हुन ।

क्यारिङ्गकर्ताले भन्सार क्षेत्रमा बिरोध प्रर्दशन गर्दै भन्सार काटेर समान ल्याउँछौँ भन्दा पनि नमानेपछि आन्दोलनमा उत्रिएको बताएका छन । उनीहरुले मजदुरले पेट पाल्नका लागि समेत भन्सार तिरेर समान ल्याउँछौँ भन्दा पनि नमान्ने ठुला तस्कर समुहसंग हिमचिम गर्र्दै आएको आरोप लगाएका छन ।

कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजनबाबु काफ्लेले साईकलमार्फत समान ल्याएर भन्सार प्रज्ञापन काट्न नपाउने नेपालभर नियम भएकाले साईकलमा ल्याएको मालसामानको भन्सार काट्न रोकेको बताए । पश्चिमी नाका गड्डाचौकीमा तिन सय भन्दा बढी महिलाहरुले भारतिय बजार बनबासा बाट साईकलमा मालसामान बोकेर दैनिक घर खर्च चलाउदै आईरहेका थिए ।

भन्सार कार्यालयले बिगत ३ महिना देखी साईकलमा बोकेर ल्याएको मालसमानको भन्सार काट्नमा रोक लगाए पछि यति बेला क्यारिङ्गकर्ता बेरोजगार भएका छन भने उनिहरुको चुलो निभ्ने अबस्थामा पुगेको छ । तसर्थ साईकलमा मालसामान बोकेर दैनिक गुजारा चलाउने यस्ता महिलाहरुलाई स्वरोजगार बनाउन स्थानीय सरकारले तदारुकता देखाउन जरुरी छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);