स्वास्थ्यमन्त्रीलाई पदमुक्त गर्न डा.गोविन्द केसीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

स्वास्थ्यमन्त्रीलाई पदमुक्त गर्न डा.गोविन्द केसीको आग्रह

काठमाडौं, १० मंसिर । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदमुक्त गर्न माग गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै केसीले बस्नेतलाई पदमुक्त गर्नुपर्ने बताएका हुन् ।

केसीले मन्त्री बस्नेतलाई ‘माफीयाको नाइके’ भएको समेत आरोप लगाउँदै पदमा बसिरहन लोकतान्त्रिक मुल्य मान्यता बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन् ।

मापदण्ड नपुुगेका र विगतमा ऐन विपरित सञ्चालन गरेका शिक्षालयहरुलाई दण्डित गर्नुको सट्टा ऐन विपरित सम्बन्धन दिलाउन सरकारी निकायलाई मन्त्री बस्नेतले दबाब दिएको डा.केसीको आरोप छ । “देउवा र प्रचण्डजी का स्वास्थ्यमन्त्री माफियाहरुका नाइके हुन् र उनी मन्त्री पदमा रहीरहन लोकतान्त्रिक मुल्यमान्यताको बर्खिलाप हो । निजलाई तत्काल पदमुक्त गरियोस् ।”–उनले विज्ञप्तीमा लखेका छन् ।

बस्नेतसँग स्वास्थ्यसम्बन्धि ज्ञान,अनुभव नभएको र उनले जान्ने प्रयाससमेत नगरेको आरोप समेत केसीले लगाएका छन् । देउवा र प्रचण्डले स्वास्थ्य मन्त्रालय जस्तो संवेदनशिल संस्थाको थप भ्रष्टिकरण गरी जनताको स्वास्थ्यमा खेलवाड गरेको उनको टिप्पणी छ । डा.केसीले लेखेका छन्,“यो राजनीतिक तथा सामाजिक अपराध हो ।”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);