केरलाको विश्वविद्यालयमा भागदौड मच्चिदा ४ विद्यार्थीको मृत्यु, ६० घाइते | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

केरलाको विश्वविद्यालयमा भागदौड मच्चिदा ४ विद्यार्थीको मृत्यु, ६० घाइते

काठमाडौं,१० मंसिर । केरलाको कोचीन विश्वविद्यालयमा भएको टेक फेस्टका क्रममा भागदौड मच्चिएको छ । राज्यका स्वास्थ्यमन्त्री वीणा जर्जले शनिबार (नोभेम्बर २५) कोचिन विश्वविद्यालयमा भएको भागदौडमा चार विद्यार्थीको मृत्यु भएको र ६० जना घाइते भएको बताइन्। मृत्यु हुनेमा २ छात्र र २ छात्रा रहेका छन् ।

विश्वविद्यालयको वार्षिक समारोहका क्रममा यो घटना भएको हो । जर्जले भने– चार जनालाई कालामासेरी मेडिकल कलेजमा मृतक ल्याइएको थियो। दुर्घटना लगत्तै प्रहरीले सभाहलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ । ओपन एयर स्टेडियममा यो कार्यक्रम चलिरहेको थियो। निकिता गान्धीको गीत सुरु भएपछि भीड बढेको कारण विद्यार्थी बाहेक बाहिरका मानिस पनि क्याम्पसमा आएका थिए । यसैबीच पानी पर्न थालेपछि मानिसहरु नजिकैको सभाघरमा पुगेपछि त्यहाँ भीड जम्मा भएर भागदौड मच्चिएको थियो । घाइतेहरुलाई उपचारका लागि कालामासेरी मेडिकल कलेजमा भर्ना गरिएको छ ।

विश्वविद्यालयको वार्षिक कार्यक्रममा भीड बढ्दै गएका बेला दुर्घटना भएको हो । घटनाको जानकारी पाएलगत्तै धेरै एम्बुलेन्स घटनास्थलमा पुगेका थिए । समाचार वेबसाइट इन्डियन एक्सप्रेसका अनुसार जिल्ला कलेक्टर एनएसके उन्मेशले घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको बताए। घटनालाई ध्यानमा राख्दै हामीले सहरका सबै अस्पताललाई अलर्ट गरेका छौं । हाल मृतकको सनाखत हुन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);