बासुदेव वडु ||
दार्चुला, ९ मंसिर ||
दार्चुलाको मालिकार्जुन गाउँपालिका ३ स्थित मालिकार्जुन शैल्यशिखरमा पुजन जात्रा लागेको छ । प्रत्येक बर्ष कार्तिक शुक्ल त्रयोदशिका दिन मालिकार्जुन शैल्यशिखर यात्रा र कार्तिक शुक्ल चतुर्दशिका दिन मालिकार्जुन मन्दिरमा रात्रीकालिन जात्रा लाग्ने गर्दछ । हिन्दूहरुको ७ धाम मध्येको १ धाम रहेको मालिकार्जुन शैल्यशिखरमा ब्रतबन्ध गरेका पुरुष र विबाहित हिन्दु महिलाहरुले ७ दिनसम्म ब्रत बसि शैल्यशिखरको यात्रा गर्ने प्रचलन रहेको छ । कार्तिक शुक्ल चतुर्दशीका दिन मलिकर्जुन मन्दिरमा लाग्ने रात्रीकलिन जात्राका लागि शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले अत्यावश्यक सेवा बहेक कार्तिक १० र ११ गते सार्वजनिक बिदा दिने निर्नय गरेका छ्न । मालिकार्जुनलाई भगवान शिवको बाह्रौ ज्योतिर्लिङगका रुपमा पुजा गर्ने चलन रहि आएको छ ।
दार्चुलाको मालिकार्जुन गाउँपालिमा मालिकार्जुन शैल्यशिखरमा पुजन जात्रा
ताजा समाचार
वेस्ट इन्डिज सुपर आठमा, नेपाल नौ विकेटले स्तब्ध
१० घन्टा अघि
४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता
११ घन्टा अघि
अब जित निकाल्नुपर्ने बेला आयो : मोन्टी देशाई
१२ घन्टा अघि




