प्रसाईलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको काठमाडौं प्रशासनको स्पष्टोक्ति | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

प्रसाईलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको काठमाडौं प्रशासनको स्पष्टोक्ति

काठमाडौं,८ मंसिर । आज मेडिकल व्यवसायी दुुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ अभियान अन्तर्गत आजदेखि तीनकुनेमा घोषणा गरीएको प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिएको जनाएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै गणतन्त्र विराधी अभियन्ता प्रसाईको अभियानलाई सो स्थानमा कार्यक्रमका लागि अनुमति नदिएको प्रशासनले स्पष्ट पारेको हो । “गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन् ।”–प्रशासनद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यद्धारा जारी विज्ञप्तीमा आज तीनकुने क्षेत्रमा भेलाजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने,सार्वजनिक सम्पतिमा क्षति पुराउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानुनविपरितका गतिविधि गरेमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ।

“सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपुर्ण,मर्यादित,अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चििततासहित लिखित रुपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने व्यहोरा अजगत गराइन्छ ।”विज्ञप्तीमा लेखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);