काठमाडौं, ४ मंसिर । सरकारले टिकटक प्रतिबन्ध गरेपछि माइतीघर मण्डलामा टिकटकरले प्रर्दशन थालेका छन् । प्रर्दशनकारीहरुले विभिन्न नारा अंकित प्लेकार्डसहित विरोधमा उत्रिएका हुन् ।
‘देशमै गरिखान दे’, ‘सर्वोच्च अदालत कहाँ छ’,‘टिकटक होइन जाजरकोटमा ध्यान दे’, ‘टिकटक प्रतिबन्ध खारेज गर’ लगायतका नारा अंकित प्लेकार्डमा बोकेर प्रर्दशनमा उत्रिएका छन् । उनीहरुले सरकारविरुरुद्ध नाराबाजी पनि गरिरहेका छन् ।
माइतीघरमा टिकटकरहरुले प्रदर्शन गर्दै गर्दा आज (सोमबार) नै सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सुनुवाइ पनि हुँदै छ । टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइ न्यायाधीश डा कुमार चुडालको इजलासमा तोकिएको छ ।