खातुनको हत्या आरोपमा सौतेनी आमा,मामा र दाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

खातुनको हत्या आरोपमा सौतेनी आमा,मामा र दाई पक्राउ

सर्लाही,३ मंसिर । हत्यामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् । हरिवन नगरपालिका–११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद रहेका छन् । कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई हरिवन नगरपालिका–११ बालगंगास्थित चिहानमा गाडेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);