काठमाडौं, १ मंसिर । बाग्लुङमा करेन्ट लागेर एक जनाको मुत्यु भएको छ । निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा निसीखोला गाउँपालिका–३ काउलेका ६२ वर्षीय भोजबरि नेपाली रहेका छन् । गाउँबाट ढुवाखोर जाँदै गरेका नेपालीलाई करेन्ट लागेर घटनास्थलमै मृत्युभएको प्रहरीेले जनाएको छ ।