जन्ममिति सच्चाएको आरोप लागेका उपरथी पाण्डेले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

जन्ममिति सच्चाएको आरोप लागेका उपरथी पाण्डेले दिए राजीनामा

काठमाडौं, २४ कात्तिक । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उमेरको विषयमा विवाद हुन थालेलगत्तै पाण्डेले राजीनामा दिएका हुन् । उनको शैक्षिक प्रमाणपत्रको ढड्डामा केरमेट भएको समाचार बाहिर आएको थियो ।

पाण्डेले बिहीबार नै राजीनामा बुझाएको बताइएको छ । रथीमा बढुवा हुन लागेका पाण्डेको उमेरको विषयमा सच्चाएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । उनी प्रधानसेनापतिको रोलक्रममा थिए । प्रधानसेनापति प्रभुराम शर्माको कार्याकाल सकिए लगत्तै उनी प्रधानसेनापतिको रोलक्रममा थिए । तर उमेर सच्चाएकै कारण विवाद आएपछि राजीनामा दिएका हुन् ।

उनको एसएलसी प्रमाणपत्रमा पाण्डेको जन्ममिति २०२१ माघ १२ गतेको छ भने नागरिकतामा २०२३ मंसिर २३ गते उल्लेख रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);