सेनाका उपरथी पाण्डे र ऊर्जा सचिव घमिरेको राजीनामा स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

सेनाका उपरथी पाण्डे र ऊर्जा सचिव घमिरेको राजीनामा स्वीकृत

काठमाडौं,७ मंसिर । सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषदको बैठकले उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको हो । उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिनु भएको हो ।

उहाँको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यसैगरी ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले पनि पदावधि सकिनुभन्दा एक महिना अगाडि नै दिएको राजिनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो ।

बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने करिब ६५ करोड अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी विद्युत सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने तथा मन्त्रिपरिषद बैठकले सुनको अवैध तस्करीबारे जाँचबुझ गठन गर्न भएको आयोगको माग बमोजिम चार जना प्राविधिक जनशक्ति थप गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply