साताव्यापी राष्ट्रिय योग दिवस | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साताव्यापी राष्ट्रिय योग दिवस

काठमाडौं, ६ माघ । व्यस्त जीवनशैलीका कारण मानिसहरु रोगी बन्दै गइरहेको विभिन्न अध्ययनले देखाइरहेका छन् । अस्तव्यस्त दैनिकी र खानपानले निम्त्याउन सक्ने स्वास्थ्य समस्या निराकरणका लागि योगलाई उपयोगी मानिन्छ । योगको प्रभाव मानिसको सोच हुँदै शरीरमा प्रवेश गर्ने बताइन्छ । योग सन्तुलित तरिकाले एक व्यक्तिमा निहित शक्तिमा सुधार या उसको विकास गर्ने शास्त्र हो ।

योग सबै उमेर समूहका मानिसको लागि फाइदाजनक मानिन्छ । तर उमेर, लिंग, मौसमअनुसार योगका आसन पनि फरक–फरक हुन्छन् । योगको सुरुवात ५ हजार वर्षपहिले सुरु भएपनि नेपालमा यसको विधिवत सुरुवात लगभग ४ दशकअघि सुरु भएको हो । नेपालमा पहिला योगलाई बूढापाकाले गर्ने धार्मिक कर्मका रुपमा हेर्ने गरिन्थ्यो । नेपालका सहरी क्षेत्रमा अभैm पनि योग गर्ने भिडमा ४० वर्ष कटेका मानिसको बाहुल्यता रहेको छ ।

पछिल्लो समय योगप्रति आम मानिसको चासो बढ्न थालेको छ । नेपाल संस्कृत विश्वविद्यालय योग र प्राकृतिक चिकित्सा विषय समिति अध्यक्ष डा. हरिप्रसाद पोखरेल नेपालमा २०३६ सालदेखि नै राष्ट्रिय योग दिवस मनाउँदै आइरहेको बताउँछन् । १३ वर्षको उमेरदेखि योग गर्दै आएका पोखरेल नेपालमा योगसम्बन्धी शिक्षा र स्वास्थ्यलाई विस्तार गर्ने योजनामा लाग्दै आएका छन् ।

यो वर्षको योग दिवस नेपालका ५० जिल्लामा सप्ताहव्यापी रूपमा मनाइएको छ । उपत्यकामा भने शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा १५० भन्दा बढी योग सम्बन्धित सघंसस्थाहरूको सहभागितामा योग दिवस मनाइँदैछ । डा. पोखरेल पछिल्लो समय व्यक्तिहरूमा आरामदायी जीवन, स्वस्थ्यबद्र्धक भन्दा स्वादिलो खानाप्रति बढी रुची बढ्दै गएको, पश्चिमा प्रविधि वा संस्कृतिको नक्कल गर्दा विविध रोग बढ्दै गएको बताउँछन् । “आरामदायी जीवन बिताउँदै जाँदा व्यायाम एवं स्वास्थ्यलाई असर गरेको छ,” उनले भने, “यसैगरी पोषणयुक्त भन्दा स्वादयुक्त खानाले मुटुसम्बधि रोगजस्ता अन्य रोगहरू लाग्ने गरेको देखिन्छ ।”

योगको महत्व बुझ्दै जाँदा यसको शिक्षा लिने मानिसको संख्या पनि बढ्दै गइरहेको छ । नेपाल योग शिक्षाका लागि हाल ६ महिनाको कोर्ष र १ वर्षको कोर्ष राखिएको छ । नेपालमा चाँडै योग विधामा एमए शिक्षा पनि लागू गरी दक्ष जनशक्ति उत्पादन गरिने भएको छ । यसका लागि पाठ्यक्रम पनि तयार भइरहेको उनले जानकारी दिए ।

योग घरमै पनि गर्न सकिन्छ
योगलाई दक्ष योगगुरुको मद्दतमा सिकेर समयअनुसार आफ्नै घर र कार्यालयमा समेत गर्न सकिन्छ । नेपालमा योग शिक्षाका लागि विभिन्न आश्रम र शिविर खुलेका भए पनि सबै पूर्ण योग शिक्षाका लागि सक्षम नभएको नेपाल संस्कृत विश्वविद्यालय योग र प्राकृतिक चिकित्सा बिषय समिति अध्यक्ष पोखरेलको भनाइ छ । योग राम्ररी गर्न नजान्दा यसले फाइदा भन्दा बेफाइदा बढी हुने उनी बताउँछन् । योग सिक्न अहिले आएर टोल टोलमा प्रशिक्षण र ध्यान केन्द्र खोलिएका छन् । अष्टाङ्गयोग अर्थात् योगका आठ अङ्गको समूहलाई अष्टाङ्ग योग भनिन्छ । यसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणार ध्यान, समाध रहेका छन् । यसको प्रामाणिक प्रादुर्भाव करिब ५००० वर्ष पहिले भएको पाइन्छ ।

साताव्यापी राष्ट्रिय योग दिवस मनाइँदै
तेस्रो राष्ट्रिय योग दिवस माघ १ गतेदेखि साताव्यापी रूपमा मुलुकभर मनाइँदै छ । शिक्षा मन्त्रालयमा गठित राष्ट्रिय योग दिवस मूल समारोह समितिको आह्वानमा दिवस मनाइएको हो । सरकारले २०७२ मा प्रत्येक वर्ष माघ १ देखि ७ गतेसम्मलाई योग सप्ताह मनाउने निर्णय गरेको थियो

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);