एन्फाको विशेष साधारण सभा आज,अध्यक्ष नेम्वाङको बर्खास्ती होला ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

एन्फाको विशेष साधारण सभा आज,अध्यक्ष नेम्वाङको बर्खास्ती होला !

काठमाडौं, २३ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा आज हुँदैछ । मकवानपुरको हेटौंडामा हुन लागेको साधारण सभाको मुख्य एजेण्डा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्ती रहेको छ । अध्यक्षको बर्खास्ती सम्बन्धि निर्णयको छिनोफानो आजै हुने बताइएको छ ।

वर्तमान अध्यक्ष नेम्वाङको नेतृत्वले काम गर्न नसकेको भन्दै बहुमत सदस्यले अध्यक्षसहितको बर्खास्तीको माग गर्दै एन्फामा निवेदन दिएका थिए । उनीहरुले अध्यक्ष नेम्वाङको नेतृत्वविरुद्ध १९ वटा आरोप लगाएका छन् ।

नेम्वाङले महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै आफ्नो मात्र एजेण्डा विशेष साधारण सभामा समावेश गर्न लागेका हुन् । एन्फाको कुल १०७ सदस्य मध्ये विशेष साधारण सभामा ८७ जनालाई मात्र मताधिकार हुनेछ ।

जसमा जिल्ला, क्लब र संघका सदस्यले मतदान गर्न पाउनेछन् आजै नेम्वाङको बर्खास्तीको विषयमा मतदान हुनेछ । अध्यक्षको बर्खास्तीको लागि कम्तीमा ५८ मत आवश्यक पर्छ । नेम्वाङले कर्मा छिरिङलाई पराजित गर्दै २०७९ असारमा अध्यक्ष निर्वाचित भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);