लगातारको शीतलहरबाट उत्तरी चीनको जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

लगातारको शीतलहरबाट उत्तरी चीनको जनजीवन प्रभावित

काठमाडौं, २२ कात्तिक उत्तर र उत्तरपूर्वी चीनमा तिब्र हावा र भारी हिमपात शुरु भएसँगै जनजीवन प्रभावित बनेको छ ।

जटिल मौसमी अवस्थाको सामना गर्न चीनको उत्तरपूर्वी प्रान्तहरूले तयारी थालेका छन् । उनीहरुले सुरक्षा सुनिश्चित गर्न आवश्यक काम अघि बढाएका छन् । हेइलोङजियाङ प्रान्तको राजधानी हार्बिनमा हिउँ र बरफ हटाउने कार्यका लागि ८९ हजार भन्दा बढी सरसफाइ कर्मचारीहरूका साथै मेसिनरी र उपकरणहरू परिचालन गरिएको छ ।

लिओनिङ प्रान्तमा सोमवार रातिसम्म करिब २० हजार हिउँ हटाउने सवारी साधन र उपकरणसहित करिव १ लाख २० हजार मानिस परिचालन गरिएको थियो ।

उत्तरी चीनमा आगामी तीन दिनसम्म शीतलहर जारी रहने मौसमविद्ले मंगलवार बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);