फेरि स¥यो काँग्रेस महासमिति बैठक | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

फेरि स¥यो काँग्रेस महासमिति बैठक

काठमाडौं, २२ कात्तिक । नेपाली काँग्रेसको महासमिति बैठक फेरि सरेको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने काँग्रेस नेता मिनबहादुर विश्वकर्माले बताउनु भयो । उहाँले यसअघि मंसिरको १३—१५ सम्म बैठक बस्ने भनेपनि सफल नभएको र आईतवार बसेको केन्द्रिय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको बतउनु भयो । उहाँले अब राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट बैठक बस्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिला हामीले महासमितिको बैठक मंसिरको १३—१५ भन्यौँ । विभिन्न कारणले केही दिन धकेलियो । कार्य सम्पादन समितिको बैठकबाट मंसिर २९ बाट पुसको २ गतेसम्म गर्ने भन्यौँ । तर तिथि मिति हेर्दा फेरि पनि बदल्नु परेको हो । अब पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते ललितपुरको गोदावरीस्थित हलमा तोकेका छौँ ।’

नेता विश्वकर्माले महासमितिको बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);