दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन

काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएको बताउनुभएको छ । भूकम्पपीडितको राहत र उद्धारमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको प्रतिनिधि मण्डलसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले आफूले रास्वपाले उठाएका सुझाबहरु प्रायः मन्त्रिपरिषद् र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट निर्णय गराएको उल्लेख गर्नुभयो । पीडित समक्ष सही समय र ठीक ढङ्गले राहत प्राप्त हुने वातावरण बनोस् भन्नेमा आफूहरु सचेत रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने र त्यसबाट शिक्षा लिएर पीडितहरुको राहत र उद्दारमा लाग्ने उहाँले बताउनुभयो । त्यसको लागि कानुनमा समेत केही संशोधन गर्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

उहाँले पीडितहरुको राहत र पुनस्र्थापनालाई मोडेलको रुपमा अगाडि बढाउनेमा आफूहरु रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भूकम्प मात्र नभएर अन्य प्राकृतिक विपदाको लागि पनि तयारी अवस्थामा रहन ७७ जिल्लामै एउटा संरचना खडा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभा सदस्य तथा उपसभापति डोलप्रसाद अर्यालले सडक पहुँच नभएकोलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष आग्रह गर्नुभएको थियो । त्यसैगरि अर्यालले ६ बुँदे सुझाबहरु पेश गर्दै प्राप्त विवरण ठीक ठाउँमा पुगे नपुगेको अनुगमन गर्न, चिसोको बेला विशेष ध्यान दिन र राहत र पुनस्र्थापनाका लागि कानूनमा आवश्यक सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । ०

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);