नेविसंघद्धारा टिचिङ अस्पताल रहेका भूकम्पका घाइते र कुरुवालाई सहयोग | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

नेविसंघद्धारा टिचिङ अस्पताल रहेका भूकम्पका घाइते र कुरुवालाई सहयोग

काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत भूकम्पका घाइते र कुरुवालाई आवश्यक सहयोग गरेको छ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको उपस्थितिमा घाइते र कुरुवाका लागि कम्बल, म्याट्रेस, हर्लिक्स, फलफूल, बिस्कुटलगायतका सामग्री उपलब्ध गराइएको हो ।

नेविसंघ केन्द्रीय कार्यसमितिले उक्त अस्पतालमा २४ घन्टे रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेका हो । आइतबार ५ बजेसम्म ६२ जनाले रक्तदान गरेका छन्।

जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा पीडितलाई प्रधानमन्त्री राहत कोषमार्फत् नेविसंघ केन्द्रीय समितिबाटमात्रै एकमुष्ट ७ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);