नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, १६ कात्तिक । आगामी टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम चरणको छनोट खेलमा बिहीवार नेपालले ओमानसँग प्रतिष्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने नेपाल र ओमानबिचको खेल नेपाली समयअनुसार बिहान ९ बजे शुरु हुनेछ ।

समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा भने पुगिसकेका छन् । बिहीवार हुने खेलले समूह बिजेताको टुङ्गो लगाउनेछ ।

एशियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);